तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर झापा गोल्ड कप : झापा ११ फुटबल क्लब सेमिफाइनलमा

भद्रपुर, झापा । झापा ११ फुटबल क्लब दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई २–१ गोल अन्तरले पराजित गर्दै झापा ११ ले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको १४ औँ मिनेटमा झापा ११ का तर्फबाट एरोन थापाले झापा ११ लाई अग्रता दिलाए भने ४१ औँ मिनेटमा चर्च ब्वाइजका तर्फबाट विक्रम धिमालले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याएका थिए ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा झापा ११ का तर्फबाट पेमा तामाङले उत्कृष्ट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्‍याए । 

खेलको म्यान अफ दि म्याच विजयी टिमका पेमा तामाङ भए । उनले नगद २१ हजारसहित ट्रफि पाए ।

भोलिको तेस्रो क्वार्टर फाइनल खेल न्यूरोड टिम काठमाडौँ र पाहुना टोली काउवार्न बजार प्रगति संघ बंगलादेशबीच हुने आयोजक भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button