बिहेभोजमा झडप हुँदा २७ वर्षिय युवकको मृत्यु
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-८ मा बिहेभोजका क्रममा विवाद हुँदा एक युवकको मृत्यु भएको छ। आफन्तको बिहे भोज खान गएका दुई पक्ष बीचको विवादले झडपको रूप लिएको थियो, जसमा २७ वर्षीय रणबहादुर थापाको ज्यान गएको हो।
मृतक रणबहादुर थापा बुढीगंगा नगरपालिका-९ का निवासी थिए र उनी आफन्त रामबहादुर खड्काका छोराको बिहे भोजमा सहभागी हुन ८ नम्बर वडा, मोटावाडामा गएका थिए। राति ११ बजेपछि विवाद बढेपछि दुई पक्षबीच झडप भएको थियो, जसमा थापा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा थापाको बयालपाटा अस्पताल, अछाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा बूढीगंगा नगरपालिका-७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन्। उनीहरूको घटनाबारे सोधपुछ र अनुसन्धान जारी रहेको बाजुराका प्रहरी प्रमुख नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।
घटनामा घाइते भइ उपचारका क्रममा मृत्यु भए पनि बाँकी अनुसन्धानले थप तथ्यहरू बाहिर ल्याउने बताएका छन्। मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ।
प्रतिक्रिया राख्नुहोस्