तपाईँ सुन्दै हुनुहुन्छः

‘दोषी कुनै हालतमा जोगिँदैन’

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले सिरहाको दलित किशोरी माथि भएको अमानवीय व्यवहारमा संलग्न रहेका दोषी कुनै हालतमा नजोगिने बताउनुभएको छ । 

oplus_2

गृहमन्त्री लेखीले आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा गत माघ ३० गते घटेको घटनाको अनुसन्धान तथा पीडित पक्षसँग जानकारी लिन बिहीबार आफैँ पुगेको जानकारी दिँदै यसमा संलग्न दोषी नजोगिने बताउनुभयो ।

सिरहा अदालतको आदेश अनुसारका व्यक्तिलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको लेखीले जानकारी दिनुभयो ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर सदाय टोल बस्ने बिजुल सदायकी छोरी वर्ष १७ की रिंकु कुमारी सदायले गत माघ ३० करिब ७ बजे आफ्नै घरमा आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button