पुरुष राष्ट्रिय भलिबल शनिबारदेखि सुरु हुने
रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा फागुन १० गते शनिबार देखि सुरु हुन लागेको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

सन स्टार युवा क्लब रोल्पाले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा ७ प्रदेशबाट ७ टिम, तथा ३ वटा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल नेपाल पुलिस क्लब र आयोजकको समूह बाट १ टिम गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशिको पुरस्कारसहित सन स्टार कप जित्नेछ । दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुने एक लाख र सान्त्वना हुनेलाई ५० हजार प्रदान गरिने अध्यक्ष केसीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्