तपाईँ सुन्दै हुनुहुन्छः

हमासले एउटाको भनेर हस्तान्तरण गरेको शव परीक्षण गर्दा अर्कैको भएको पुष्टि

काठमाडौं । बिहीबार हमासले चार इजराइली बन्धकको शव हस्तान्तरण गरेको थियो, जसमा ३२ वर्षीया शिरी बिबस, उनकी चार वर्षकी छोरी एरियल, १० महिनाका छोरा केफिर, र ८४ वर्षका ओडेड लिफसिथको शव समावेश थियो। तर, फरेन्सिक परीक्षणपछि शिरीको भनिएको शव उनको नरहेको पुष्टि भएको छ।

इजराइलका अधिकारीहरूले शवहरूको डिएनए परीक्षण गरेपछि तीन शवहरू भनिएका व्यक्तिहरूसँग मेल खाएका थिए, तर शिरीको शव भने उनका नभएको पाइएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि यस विषयमा इजराइली अधिकारीहरूको उद्धृत गर्दै जानकारी दिएको छ।

इजराइलले शिरीको शव तुरुन्त फिर्ता गर्न हमासलाई चेतावनी दिएको छ र संयुक्त राष्ट्रसंघका लागि इजराइलका राजदूत ड्यानी डेननले हमासको यो कदमको निन्दा गर्दै युद्धविराम सम्झौता उल्लंघन भएको बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button