तपाईँ सुन्दै हुनुहुन्छः

पाथीभरा क्षेत्रमा नो केबलकार समूह र प्रहरीबीच झडप, १२ घाइते 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ)मा ’नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप हुँदा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । नो केबलकार समूहका पहिचानवादीले केबलकार स्टेशन प्रवेश गर्न खोज्दा झडप भएको हो । 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना सहित १२ जना घाइते भएको बताउनुभयो । प्रजिअ शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्याँस प्रहार गरेको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोज पछि झडप भएको हो ।

पाथीभरा(मुक्कुम्लुङ)मा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै विगत देखिनै मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी सङ्घर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ । अहिले सो स्थानमा पहिचानवादी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button