तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा आजदेखि सीप तथा रोजगार मेला शुरु

रोजगारीका क्षेत्रमा नयाँ आयाम ल्याउने गरि काम गर्न आवश्यक : मन्त्री भण्डारी

धनगढी । कैलालीको धनगढीमा आजदेखि सीप तथा रोजगार मेला शुरु भएको छ । 

धनगढी उपमहानगरपालिकाले स्वरोजगारी सृजना गर्ने हेतुले ४० दिन लामो सीप तथा रोजगार मेला आयोजना गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज धनगढीमा एक समारोहका बीच सीप तथा रोजगार मेलाको उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले रोजगारीका क्षेत्रमा नयाँ आयाम ल्याउने गरि काम गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै मेलाले रोजगारीका क्षेत्रमा थप टेवा पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो । मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने गरि सरकार क्रियाशील रहेको बताउनुभयो ।

“विकास सम्भावनाका थुप्रै ढोका खोल्नु छ, भौतिक पूर्वाधार निर्माण सम्पन्न गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न प्रधानमन्त्रीले मातहतका निकायलाई निर्देशन गरिसक्नुभएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले विकास र समृद्धि हासिल गर्न तीनै तहका सरकारले सहकार्य र समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिनुभयो । 

पूर्वमन्त्री प्रकाश देउवा, मेयर गोपाल हमाल लगायतले सीप तथा रोजगार मेला स्थानीय ठाउँमा दक्ष जनशक्ति उत्पादन गरि स्वरोजगारी बनाउन महत्वपूर्ण रहने बताउनुभयो । 

४० दिनसम्म चल्ने सीप तथा रोजगार मेलामा विभिन्न सिपमूलक तथा रोजगारमूलक तालिम दिइने छ । मेलामा विभिन्न पालिकाबाट छनौटमा परेका १ हजार ४० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button