तपाईँ सुन्दै हुनुहुन्छः

फुटबलर भण्डारीलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट पुरस्कृत गरिने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट पुरस्कृत गरिने भएको छ ।

सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । पुरस्कार प्रदान विशेष समारोह माझ गरिने बताइएको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button