तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको पटेर्वा सुगौलीमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण 

बीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा १ करोड ३० लाखको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको छ ।

किसानका उत्पादन सङ्कलन र बिक्री वितरण तथा भण्डारणका लागि रंगपुरमा १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो । 

आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवनको  मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गर्दै यस बर्ष कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्षमा पहिलो बन्ने गरि काम गर्न सुझाव दिनुभयो । 

बाहाँले मधेस प्रदेशलाई कृषि बीउ बिजनको उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर आफ्नो मन्त्रालयले काम गरिरहेको बताउँदै प्रदेशको कृषि मन्त्रालयले कृषि उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइरहेकाले त्यसको लाभ लिन किसानहरूलाई आग्रह गर्नुभयो । 

मन्त्री सिंहले मधेस प्रदेश सरकारले कृषि ऐन जारी गरेको बताउँदै उक्त ऐनमा किसानका लागि धेरै लाभदायी कुराहरू रहेको जानकारी दिनुभयो । 

संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाउँपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button