धनकुटामा ‘नो कभर डे’ मौलिक सङ्गीत महोत्सव हुने
धनकुटा । धनकुटामा पहिलो पटक ‘नो कभर डे’ मौलिक सङ्गीत महोत्सव हुने भएको छ ।

बौद्धिक विकास समाज समिति र आरोहा ब्याण्ड धनकुटाको संयुक्त आयोजनामा बुधबार बिच बजारमा कार्यक्रम आयोजना हुन लागेको हो । बुधबार दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा छ वटा चर्चित ब्यान्डहरूले सहभागिता जनाउने छन् ।
कार्यक्रममा लक्ष्य, आरोहा, चुम्बक, विभिन्न, जेरम र स्काइ एडी ब्यान्डले आ–आफ्ना मौलिक सिर्जना प्रस्तुत गर्ने आयोजकले जनाएका छन् । मौलिक सिर्जना गर्ने ब्यान्डमा लक्ष्य, आरोहा र स्काइ एडी धनकुटाकै रहेका छन् भने अरू जिल्ला बाहिरका रहेका छन् ।
मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले कार्यक्रमको जानकारी तथा तयारी पुरा भएको जानकारी दिएको हो । कार्यक्रमको मुख्य उद्देश्य मौलिक सङ्गीतको प्रवर्द्धन र स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्नु रहेको कार्यक्रम संयोजक सिरज जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्