ओलाङचुङगोला जोड्ने सिस्ने सडक खण्ड पाँच दिन बन्द हुने
ताप्लेजुङ । सिस्ने सिंवा हुँदै ओलाङचुङगोला जोड्ने सिस्ने सडक खण्ड पाँच दिन बन्द हुने भएको छ ।
ताप्लेजुङको फुङलिङदेखि सिस्ने सिंवा हुँदै ओलाङचुङगोला जोड्ने सिस्ने सडक खण्ड मर्मतका क्रममा आज देखि १० गते सम्म बन्द गरिएको हो ।

दुई पाङग्रे यातायात समेत चलाउन नसकिने र जुनसुकै समयमा पनि दुर्घटना हुन सक्ने भएकोले पहरा फुटाएर सडक चौडा पार्नुपर्ने भएकाले मङ्गलवार बिहान ९ देखि हरेक दिन अपराह्न ४ बजेसम्म यातायात बन्द गरिएको पालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो ।
अन्य वैकल्पिक सडकहरू पनि नभएकोले तोकिएको समय अघि वा पछि समय मिलाए सडक प्रयोग गर्न फक्ताङलुङ गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । तमोर करिडोरअन्तर्गतको यो सडक खण्डमा पहरो विस्फोट गराई सडक फराकिलो बनाउनुपर्ने भएको छ ।
सदरमुकामदेखि चीनको बोर्डर तिप्तालासम्मको सडकमा यो सबैभन्दा बढी जोखिम सडक रहेको यात्रुहरूले बताउने गरेका छन् । फक्ताङलुङ जानेले सुकेटार, गढीडाँडा सडक प्रयोग गर्न सक्नेछन् । यो सडक लामो र घुमाउरो भएकाले यातायात सञ्चालकले सिंवा–सिस्ने सडक प्रयोग गर्दै आएका थिए
प्रतिक्रिया राख्नुहोस्