तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयमा मोबाइल फोन निषेध

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाका स्थित पिपलचौरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विद्यालय समयमा मोबाइल फोन निषेध गरिएको छ । दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया भएको हो ।

सोमबार भएको अन्तरक्रिया पछि भेलाले आगामी दिनमा अभिभावकले विद्यार्थीहरूलाई नियमितरूपमा विद्यालय पठाउनुपर्ने, अनुपस्थित विद्यार्थीबारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने निर्णय गरेकाे छ ।

दुहुँ गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्रबहादुर बमका अनुसार कार्यक्रममा सहभागी अभिभावक र विद्यार्थीहरूले विद्यालय शिक्षा सुधारका लागि सुझाव पेश गर्ने गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिंह बोहराले विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिक सत्रमा सञ्चालन गरेका प्रयासहरूबारे जानकारी गराउनुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button