तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारी कुट्ने वडाध्यक्ष पक्राउ

काठमाडौं । कर्मचारी कुटपिटको आरोप लागेका तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन्।

वडासचिव नवीन भुसाललाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरिएको हो।

घटनापछि सोमबार नै वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयाे।

वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालको आरोप छ। कुटपिटबाट वडासचिव भुसालको गालामा चोट लागेको छ । उहाँको भरतपुर अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिनुभयाे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button