तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्नुहुने

दाङ । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभयो । 

प्रधानमन्त्रीको आगमन र सम्बोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।  बिहान साँढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने गरि बैठक बस्ने कार्यसूची तयार भएको छ । 

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गर्नुभएको थियो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button