तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते 

बाजुरा । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । 

साँफे(मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो  । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख  प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।

प्रहरी प्रमुख गिरिका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसको ठक्कर बाट घाइते भएकी मृतक बालककी आमा ५० बर्षिया बिस्ना पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र ठक्कर दिने बस सहित चालक उपेन्द्र मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button