तपाईँ सुन्दै हुनुहुन्छः

१५ वर्षीया किशोरीमाथि बलात्कार, ३६ वर्षीय युवक पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वाकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवक जगबहादुर तेलीलाई पक्राउ गरेको हो ।

शनिबार साँझ साढे ६ बजेको समयमा ती किशोरीमाथि बलात्कार भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले तेलीलाई तत्कालै नियन्त्रणमा लिएको बाँके प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक आकाश भुषालले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक भुषालका अनुसार भगवानपुर प्रहरीले तेलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने पीडित किशोरीलाई गएराति नै स्वास्थ्य जाँचका लागि भेरी अस्पतालमा ल्याइएको थियो ।

किशोरीको स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आएपछि सबै कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक भुषालले अहिले भगवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button