रोल्पामा आज बिहान ७ बजेदेखि साझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने
रोल्पा । हावाहुरीको प्रभावलाई मध्यनजर गर्दै विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउनका लागि नेपाल विद्युत प्राधिकरण, रोल्पा वितरण केन्द्र अन्तर्गत विभिन्न स्थानमा विद्युत संरचना, तार, पोल र ट्रान्सफर्मरहरूको नजिक रहेका रुख तथा हाँगाहरू काट्ने कार्य भइरहेको छ। यस कारण आज शनिवार बिहान ७ बजेदेखि साझ ६ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी रोल्पा वितरण केन्द्रले दिएको छ।
विद्युत आपूर्ति अवरुद्धका कारण विशेषगरी सार्वजनिक सेवा र सञ्चार क्षेत्रका संस्थाहरूमा प्रत्यक्ष असर पर्नेछ। यसबाट रेडियो नेपाल रोल्पा रिले एफएम, अन्य सामुदायिक एफएम, पत्रपत्रिका, छापाखाना, मोबाइल सेवा प्रदायक टेलिकम टावर, र इन्टरनेट सेवा प्रदायकहरू जस्ता सेवा प्रभावित हुनेछन्।
विद्युत अवरुद्ध हुने स्थानहरू:
प्युठानको झिमरुकदेखि रोल्पा लिवाङ ३३ के.भी. फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा विद्युत अवरुद्ध हुनेछ। यसमा रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, माडि गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, लुङग्री गाउँपालिका र त्रिवेणी गाउँपालिकाका तुक्ला र रुन्टिगढी गाउँपालिकाका लामिडाँडा लगायतका स्थानहरू पर्दछन्।
हावाहुरीका कारण दैनिक रूपमा वत्ति जाने समस्या समाधान गर्नका लागि शनिबार दिनभरि रुख तथा हाँगाहरूको कटान गरिन लागेको रोल्पा वितरण केन्द्रका कार्यालय प्रमुख अशेश्वर शाहले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्