तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

वीरगञ्ज (पर्सा)। पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्ष्यित गर्र्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

सङ्घीय मन्त्रिपरिषद्को गत पुस ९ गतेको निर्णयअनुसार दुवै कार्यालय उक्त दिनदेखि सञ्चालन हुने नापी कार्यालयका प्रमुख राकेशकुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्साका सात वटा पालिकाका सेवाग्राहीलाई लक्ष्यित गरेर कार्यालयको सेवा विस्तार गर्न लागेका हौँ । अब सेवाका निम्ति वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।”

कार्यालय सञ्चालन भएपछि पोखरिया नगरपालिका, विन्दबासिनी, कालिकामाई, धोबिनी, छिपहरमाई जगरनाथपुर, पकहाँमैनपुर गाउँपालिका सेवाग्राही लाभान्वित हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button