तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा २१ देशका ८० सहित १५० जना सहभागी हुने

पोखरा । पोखरामा शनिबार हुने १९ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा २१ देशका ८० विदेशी सहित १ सय ५० जना धावक सहभागी हुने भएका छन् । नेपाल भूतभुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान ७ः०० बजे हुने उक्त प्रतियोगितामा ८ जना महिला धावक सहित २१ देशका १ सय ५० जना धावकहरू सहभागी हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

त्यसैगरी हाफ म्याराथन महिला तर्फ १० देशका सहित ४० जना जना हाफ म्याराथन पुरुषतर्फ १० विदेशी सहित १ सय १० जना धावकले प्रतियोगितामा सहभागिता जनाउने भएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनुभयो । त्यसै गरी १० किलोमिटर दौडमा पुरुषतर्फ ११ विभिन्न देशका सहित २ सय ११ जना, १० किलोमिटर महिलातर्फ ११ विदेशी सहित १ सय ९ जना, ५ किलोमिटर भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६० जना, ५ किमी  छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ जना गरी कूल ३ हजार १ सय ७५ जना धावकले उक्त प्रतियोगितामा सहभागिताका लागि दर्ता भएको मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रन फर फनमा करिब ७ हजार गरी १० हजार जनाको सहभागिता हुने अपेक्षा गरिएको पूर्व अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । म्याराथन प्रतियोगिताको विजेतालाई ५ लाख, उपविजेता लाई ३ लाख, तेस्रोलाई २ लाख र सान्त्वना स्वरूप चौथोदेखि ८ जनालाई नगद ३० देखि १० हजार प्रदान गरिने भएको छ । खुल्ला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरूलाई समेत प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको छ । विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने भएको मञ्चका महासचिव केशव पाठकले बताउनु भयो ।  

महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुहुने भएको छ । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्नु हुने भएको छ । ५ किलोमिटर छात्र÷ छात्रा दौडमा विजेतालाई समान १५/१५ हजार, उपविजेताले समान १०/१० हजार र तेस्रो हुनेले समान ७/७ हजार प्रदान गरिने भएको छ । ५ किलोमिटर छात्र÷छात्रा दौडमा विजेतालाई समान १५/१५ हजार, उपविजेताले समान १०/१० हजार र तेस्रो हुनेले समान ७/७ हजार प्राप्त गर्ने भएका छन् ।

म्याराथनको रुट पोखराको कोर सिटी १७ र फेवाताल सहित माछापुच्छ्रेको प्रतिविम्बमा २५ किलोमिटर दौडको रुट निर्धारण गरिएको छ । पोखरा रङ्गशालाबाट सुरु भई कदममार्ग, रानीपौवा,फुलवारी, पृथ्वीनारायण क्याम्पस गेट, सिमपानी, विन्ध्यवासिनी मन्दिर, हल्लन चोक, खपौदी,पामे, ठुलाखेत, घाँटी छिना हुँदै पुनः लेकसाईडको हल्लनचोकमा आएर टुङ्गिने भएको छ ।

प्रतियोगिताको पुरस्कारमा मात्र २१ लख ३४ हजार खर्च हुने भएको भएको छ । सफल दूधको मुख्य प्रयोजनमा हुने उक्त म्याराथन पोखराका १७ वटा कोर सिटिका वडाहरू पर्ने निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले जनाउनु भयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८९ लाख खर्च हुने मञ्चले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button