सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटनाका सम्बन्धमा तत्काल छानविन गर्न सरकारसँग सांसदहरुले माग गर्नुभएको छ ।
समाजमा कायम रहेको छुवाछुत व्यवस्था हटाउनुपर्ने, बालिका बलात्कृत गर्नेमाथि हदैसम्मको कानूनी कारबाही गरिनुपर्ने र गैरकानूनी रुपमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका नाममा कुवेत पुर्याउनेलाई तत्काल कारबाही गर्न र ती महिलाहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गर्नुभयो ।
बारा जिल्लाको कृष्णसार संरक्षण क्षेत्रमा बसोबास गर्दै आएका एक सय ४२ घरधुरीमा रहेका सुकुम्बासीलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने, जलवायु परिवर्तनसँग जुध्न विज्ञहरुमार्फत् अध्ययन अनुसन्धानमा सरकारले ध्यान दिनुपर्ने र युवाहरू लागूपदार्थका साथै सुर्तीजन्य पदार्थको दुर्व्यसनीको लतमा लाग्नेक्रम बढेकाले सांसदहरुले अहिलेसम्म निर्माण भएका ऐनकानून कडाइका साथ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्