पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा स्वागत
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/476914758_1158808709582154_3151487581844926188_n-1024x576.jpg)
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा स्वागत गरिएको छ । आज (आइतबार) परिवारका सदस्य सहित समिट एयरको चार्टर जहाजबाट पोखरा आउनु भएको पूर्व राजा ज्ञानेन्द्रलाई पोखरामा विभिन्न संघ संस्थाले पोखरा विमानस्थलमा स्वागत गर्नु भएको हो ।
पूर्व राजाका समर्थितहरूले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गर्नु भएको थियो ।
पूर्व राजा शाह आज रुपाकोट रिसोर्टमा बस्नु भएको श्रोतको दाबी छ । सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका रहेको छ भने उहाँ करिब दुई साताका पोखराका शक्तिपिठहरुको अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा शाह विमानस्थलमा उत्रिए लगत्तै उहाँका समर्थकहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै समेत गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्