तपाईँ सुन्दै हुनुहुन्छः

फर्पिङमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

यहाँको भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । 

विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो । प्रहरी उद्धारकै क्रममा रहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button