तपाईँ सुन्दै हुनुहुन्छः

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

पोखरा । थ्री स्टार क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालाको फुटबल मैदानमा आज (आइतबार) भएको दोस्रो क्वाटर फाइनल खेलमा मच्छिन्द्र क्लबलाई थ्री स्टारले टाई ब्रेकरमा ४—२ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

९० मिनेटको निर्धारित र थपिएको ३० मिनेटमा पनि दुवै तर्फ गोलरहित खेल बराबरीमा पुगे पछि टाई ब्रेकरमा खेल पुगेको हो । टाई ब्रेकरमा मच्छिन्द्रका विशाल घलान र आदित्य चौधरीले गोल गर्न नसक्दा मच्छिन्द्र क्लब आहा रारा पोखरा गोल्ड कपको यस बर्ष क्वाटर फाइनलबाटै यात्रा टुङ्गाएको हो । आहा रारा पोखरा गोल्ड कपको ५ पटकको विजेता थ्री स्टारको जितमा टाई ब्रेकरमा दिपेश भले, फोडी फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले पेनाल्टी सुटमा गोल गर्नुभएको थियो । मच्छिन्द्रका दिवाकर चौधरी र सविन श्रेष्ठले पेनाल्टीमा गोल गर्नुभएको थियो ।

भोलि (सोमबार) तेस्रो क्वाटर फाइनल खेल त्रिभुवन आर्मी क्लब विरुद्ध चर्च व्वाईज यूनाइटेडबिच हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । समूह ए मा रहेको चर्चा ब्वाइजले न्यूरोड टिम (एनआरटी) लाई पराजित गर्दै  क्वाटर फाइनलमा यात्रा बनाउँदा आर्मीले भने सिधै वाई पाएर क्वाटर फाइनलको यात्रा तय गरेको हो । 

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button