तपाईँ सुन्दै हुनुहुन्छः

मानव विकास सूचकाङ्क सुधार हुँदै गएको छ : मन्त्री डा राणा

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकाङ्क पहिलाभन्दा सुधार हुँदै गएको बताउनुभएको छ ।

धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आज उद्घाटन गर्दै मन्त्री डा राणाले मानव विकास सूचकाङ्क सुधार हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारहरूको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ ।”

मन्त्री डा राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो । “विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन  र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button