तपाईँ सुन्दै हुनुहुन्छः

सडक दुर्घटनामा परि एक जनाको मृत्यु

दाङ । तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाका अनुसार आज ३ बजेतिर ट्रकले लु.प्र.०२००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

घोराही–तुलसीपुर सडक खण्डको मोतीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु हो । 

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button