तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी र डढेलो नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा अधिकांश सांसदहरुले मुलुकका विभिन्न स्थानमा आगलागी र डढेलोका घटना बढिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले देशको प्रशासनिक केन्द्र सिंहदरबार भित्र खानेपानी मन्त्रालयमा भएको आगलागीका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सांसदहरुले खानेपानी मन्त्रालयमा आगलागी भएको विषयले देशको सुरक्षा र संवेदनशीलतामा प्रश्न उठाएको भन्दै छानविन गरी सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभयो ।

बैठकमा सांसदहरुले मुलुकका विभिन्न स्थानमा आगलागी र डढेलो बढिरहेको र यसले मानवबस्ती, जङ्गली जनावर, चराचुरुङ्गी र वनस्पतिमा ठूलो असर परिरहेको भन्दै आगलागी नियन्त्रण र सुरक्षाका लागि भइरहेका कामहरूबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले संसदमा दर्ता भएको गैरसरकारी जलन विधेयक संसदमा पेश गर्न र छलफलमा ल्याउन माग समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button