तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी राई पुरस्कृत

धनकुटा । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण कार्यालय धनकुटामा कार्यरत पत्रकार टिएल राई ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पुरस्कृत हुनुभएको छ ।

राईलाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला कार्य समिति धनकुटाले आज ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत गरेको हो । 

फोनिज धनकुटाले  राईलाई सम्मान पत्रसहित पाँच हजार पाँच सय रुपैयाँ राशिको ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार राईलाई पुरस्कृत गरिएको छ ।

फोनिज धनकुटाको केही दिनअघि सम्पन्न जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमका अवसरमा पत्रकार राईलाई पुरस्कृत गरिएको फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानले जानकारी दिनुभयो । 

सो अवसरमा राईले आफूले प्राप्त गरेको पुरस्कार राशि भने फोनिज क्रियाशील पत्रकारिता पुरस्कार कोषलाई नै प्रदान गर्नुभएको छ ।

हाल: एक लाख रुपैयाँ रहेको कोषको वृत्ति विकासको निम्ति पुरस्कार बापतको रकम कोषका लागि प्रदान गरेको उहाँले बताउनुभयो । 

फोनिज धनकुटाले आगामी तीन वर्ष भित्रमा कोषको रकम वृद्धि गरेर पाँच लाख रुपैयाँ पु¥याउने लक्ष्य लिएको  छ । 

पत्रकार राईले दुई दशकभन्दा लामो समयदेखि रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र धनकुटामा राई बान्तवा भाषाको समाचार तथा कार्यक्रम उत्पादन र नेपाली भाषाको समाचार वाचन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button