रुखबाट लडेर एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा घाँस लिन जङ्गल गएका एक जना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी चौकका ५५ वर्षीय दीर्घ दल बस्नेतको रुखबाट लडेर मृत्यु भएको हो ।
बिहानै घाँस काट्न जङ्गल गएका बस्नेत घर नफर्किएपछि खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा उनी फेला परेका थिए ।
दिउँसो करिब १ बजे उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा बस्नेतको मृत्यु भएको स्थानीय शिव आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्