सरस्वती पूजामा दलितलाई विभेद
अछाम । अछामको बुढाकोट माविमा सरस्वती पूजामा दलितलाई विभेद गरिएको छ। जिल्लाको साँफेबगर नगरपालिका–९ बुढाकोट स्थित बुढाकोट माविमा सरस्वती पूजामा विभेद गरिएको हो ।
त्यसै विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई पूजा गर्ने क्रममा त्यहाँकै स्थानीय ब्राह्मण चेतराज भट्टले विभेद गरेका हुन् । परियारका अनुसार विद्यालयको सरस्वती मन्दिरमा ब्राह्मणको रुपमा चेतराज भट्ट आएका थिए । आफू टीका लगाउन जाँदा नमानेको र पातमा टीका राखी भुईँमा राखेर लगाउन भनेको परियारले बताएका छन् । पोहोर साल पनि यसै विद्यालयमा सरस्वती पूजामै आफूलाई विभेद भएको र विद्यालयद्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रममा समेत दुइटा भान्सा बनाउने गरिएको परियारको भनाइ छ । परियार दलित नगर सञ्जाल साँफेबगरका सचिव पनि हुन ।
विभेद भएको घटना बाहिरिएपछि यतिबेला छुवाछूत गर्ने भट्टलाई कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्