गाउँमै गाडी चढ्ने क्युडि गाउँका स्थानीयको सपना पुरा

बाजुरा । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ क्यूडी गाउँमा पहिलो पटक गाडी पुगेको छ। परापुर्वकाल देखि यातायातको सुविधाबाट वञ्चित गाउँमा पहिलो पटक गाडी प्रवेश गरे सँगै जिल्लाकै अति विकट मानिने क्युडी गाउँका स्थानीय उत्साहित भएका छन्।
भौगोलिक विकटता कमजोर पूर्वाधार र आर्थिक अभावका कारण सडक सञ्जाल सँग जोड्न निकै समस्या रहेको क्युडिमा हिमाली गाउँपालिकाको लामो प्रयासले अन्ततः घरको दैलोबाट गाडी चढ्ने स्थानीयको सपना साकार भएको हो ।
गाडी गाउँ प्रवेश गरेपछि क्युडिका स्थानीयमा हर्षित हुँदै गाडी हेर्नका लागि सडकका किनारमा लामबद्ध भएका थिए । बजार क्षेत्र बाट लामो दुरीमा रहेको क्युडी गाउँमा गाडी पुगेपछि बिरामी,वृद्ध,वृद्धा लगायत स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने वडा अध्यक्ष प्रदीप थापाले बताउनुभयो।
पालिकाको निरन्तर प्रयासले क्युडिमा गाडी पुग्यो स्थानीयको जीवन शैली सहज होस् भन्ने चाहनाका साथ करिब एक करोड बजेट लगानीमा त्यो सफलता मिल्यो यसरी नै पालिका भरिका गाउँहरू सडक सञ्जाल सँग जोड्दै जानेछौ गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभयो ।
स्थानीय राज बहादुर थापाका अनुसार पहिलो पटक गाडी पुग्दा गाउँलेले ठूलो खुशियाली मनाएका छन्।भने लामो समय देखि निकै कष्टकर जीवन शैली बिताइरहेका स्थानीयले राहतको महसुस गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्