तपाईँ सुन्दै हुनुहुन्छः

न्याय परिषद् सदस्यमा सिफारिस खड्काको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाई समितिको आज बसेको बैठकले न्याय परिषद् सदस्यमा सिफारिस दामोदर खड्काको नाम अनुमोदन गरेको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो ।

सुनुवाईका क्रममा न्याय परिषद् सदस्यमा सिफारिस दामोदर खड्काले न्यायालयको गरिमा र जनताको भरोसा बढाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

खड्काको नाम नेपाल बार एसोसिएसनको तर्फबाट न्यायपरिषद् सदस्यमा सिफारिस भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button