नारदमुनि थुलुङ स्मृति गोल्डकप : सलहेश फुटबल क्लब सिराहा फाइनलमा
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी दशौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सलहेश फुटबल क्लब सिराहा फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश फुटबल क्लब सिराहा फाइनल प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेमा थिए । निर्धारित ७० मिनेटको खेलको दोस्रो हाफमा सलहेश फुटबल क्लब सिराहालाई फाइनल प्रवेश गराउन जर्सी नम्बर १७ का मिलन राईले ५०औँ मिनेट र इन्जुरी समयमा गोल गरेका थिए । राईले गरेको दुई गोल सलहेश फुटबल क्लब सिराहालाई फाइनल प्रवेश गराउन निर्णायक बनेको थियो ।
आज भएको पहिलो सेमिफाइनल खेलमा म्यान म्यान अफ दी म्याच समेत उनै मिलन राई भएका थिए ।
प्रतियोगिता अन्तर्गत भोलिको दोस्रो सेमिफाइनल खेल झापा एघार फुटबल क्लब झापा र एभरेष्ट फुटबल क्लब सुनसरीबिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।







प्रतिक्रिया राख्नुहोस्