वडाध्यक्ष मियाको निधन

नवलपरासी । कावासोतीमा वडा अध्यक्षको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका पुर्वी नवलपरासीका अनुसार कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तवारक अहमद मियाको शनिवार गैडाकोटमा आयोजित एक कार्यक्रममा कुर्चीमा बसिरहेको अबस्थामा निधन भएको हो । बसिरहेकै कुर्चीमा बेहोस भएपछि चितवनस्थित अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवा संघ नवलपुरको १० औँ अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य ब्यक्त गरी कुर्सीमा आएर बस्नुभएका वडा अध्यक्ष मिया कुर्चिमै बेहोस हुनुभएको थियो ।
वडा अध्यक्ष मियालाई दिउँसो २ः३० बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी जेसी शाहले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
एमालेबाट वडा अध्यक्षमा निर्वाचित मिया ३६ वर्षको रहेको बताइएको छ । उहाँलाई उच्च रक्तचाप रहेको र हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्