तपाईँ सुन्दै हुनुहुन्छः

प्रोत्साहन गर्ने उद्देश्यले सेन्ट जेभियर्स कलेजकाे ह्वीलचियर र्‍याली

काठमाडौँ I काठमाडौँ स्थित माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब सेट काउन्सिलले दोस्रो एसएक्ससी वाकाथन र ह्वीलचियर र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

सेट काउन्सिलले सामुदायिक सेवामा संलग्न हुन, समाजप्रति जिम्मेवार बन्न प्रोत्साहन गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र जीवन केन्द्रसँगको सहकार्यमा आयोजना गरिएको वाकाथन र्‍यालीमा एक हजार बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र जीवन केन्द्रका अध्यक्ष टेकबहादुर  गुरुङले अपाङ्गता भएका व्यक्तिहरूको लागि ह्वीलचियर  र्‍यालीले पहुँचको महत्व प्रदर्शन गर्न सफल भएको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूकालागि पहुँचको सन्देश दिन र समावेशीकरणकोको भावनालाई प्रवर्द्धन गर्न  र्‍याली महत्वपूर्ण सावित भएको बताउनुभयो ।

यस्तै कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमस एस.जे ले अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता र समावेशीकरणका लागि आयोजित कार्यक्रम विद्यार्थीहरूको उत्कृष्ट योगदान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button