तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा राजस्थानी लोक नृत्य प्रस्तुत

बाँके । बाँकेको नेपालगन्जमा भारतीय दूतावासको ‘इन्डियन काउन्सिल फर कल्चरल रिलेसन्स’ले नेपाल–भारत मैत्री संघ बाँकेसँगको सहकार्यमा पहिलो पटक नेपालगञ्जमा राजस्थानी लोकनृत्य प्रदर्शन गरिएको छ ।  

भारतीय प्रथम सचिव बाशिष्ट नन्दन र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गर्नु भएको कार्यक्रममा राजस्थानी लोकनृत्य मण्डलीले विभिन्न प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, मेयर विष्टले नेपाल र भारतको सम्बन्ध अटुट रहेको बताउनु भयो । दुवै देशको सामाजिक , संस्कृत एक रहेकोले एक अर्का लाई सम्मान गर्दै अगाडि बढ्नु पर्ने जिकिर गर्नुभयो । उहाँले यसखालका सांस्कृतिक कार्यक्रमले दुई देश बीचको नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नु भयो । 

नेपाल–भारत मैत्री संघका जिल्ला अध्यक्ष प्रदीप कुमार गुप्ताले भारत र नेपाल बिच अनादि काल देखी रही आएको अत्यन्त घनिष्ट तथा मैत्री पूर्ण सम्बन्धमा प्रकाश पार्दै, दुवै देशको साझा सांस्कृतिक, धार्मिक र सामाजिक विरासत रहेको बताउनु भयो ।

गुप्ताले भन्नुभयो,‘दुई देशबीच जनस्तरको सम्बन्ध विकास र बिस्तारमा यसखालका सांस्कृतिक कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्छन् ।’, 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जनप्रतिनिधिहरू,नेपाल भारत मैत्री संघका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांस्कृतिक प्रदर्शनहरूले भारतको विविध सम्पदाको सारलाई प्रतिबिम्बित गर्नुका साथै भारत र नेपाल बीचको जीवन्त सांस्कृतिक आदानप्रदानलाई पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button