तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा प्रमुख प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । 

सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले भोलीदेखि सुरु हुने संघीय संसद्को दुवै सभालाई थप व्यवस्थित र प्रभाकारी बनाउन प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय भएको पार्टीका प्रमुख सचेतक हितराज पाण्डले बताउनुभयो ।

बैठकमा सदनमा जनताका अपेक्षा, जनजीविकाका सवालहरूलाई प्राथमिकताका साथ उठाउन र दलका सदस्यहरुले आ आफ्नो भूमिकालाई बढी प्रभावकारी बनाउन निर्देशन गरिएको प्रमुख सचेतक पाण्डले जानकारी दिनुभयो ।

यस्तै प्रमुख सचेतक पाण्डेले सरकारले ल्याएको अध्यादेश र यसका विषयवस्तुहरू प्रक्रियागत रुपमा नभएकोले अध्यादेशको स्वीकार नगर्ने निर्णय भएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button