सहिद दिवसको अवसरमा सेतो छडी वितरण
उदयपुर । नेपाल नेत्र ज्योति संघ, मदन भण्डारी आँखा अस्पताल उदयपुरले सहिद दिवसको अवसरमा सेतो छडी वितरण गरेको छ ।

जिल्लाभरका विभिन्न उमेर समूहका ३० जना दृष्टिबिहीनहरुलाई नेत्र ज्योति सङ्घले बुधबार एक कार्यक्रमको आयोजना गरी छडी वितरण गरेको हो । छडी पाएसँगै दृष्टिबिहीनहरु खुसि भएका छन् । दृष्टिबिहीनहरुलाई पूर्व सहरी विकास राज्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरीले हस्तान्तरण गर्नुभएको थियो ।
नेत्रहीन संघका निवर्तमान अध्यक्ष अविरल पाठकले छडी प्रदान गर्ने नेत्र ज्योति सङ्घप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपसचिव गंगा राई, नेपाल पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, पत्रकार ईश्वर तामाङ, अधिकारकर्मी शोभा दाहाल लगायतले सहिद दिवसको अवसरमा सेतो छडी वितरण गरिनु उत्कृष्ट कार्य रहेको बताउनुभयो ।
नेत्र ज्योति संघका अध्यक्ष भागवत राउतले छडी प्राप्त गर्ने सबैलाई बधाई दिनु हुँदै सेतो छडीले दैनिक जीवन यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्