तपाईँ सुन्दै हुनुहुन्छः

टाइगर कप भलिबल : हेल्प नेपालसँग एपिएफ पराजित 

कास्की । टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रङ्गशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपिएफले पाँचौँ सेटमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्‍यो ।

हेल्प नेपालले पहिलो सेट २५–२२ र दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । हेल्प नेपालले तेस्रो सेट १३–२५ र चौथो सेट २३–२५ ले एपिएफलाई सुम्पिएको थियो । पहिलो र दोस्रो सेट गुमाएको एपिएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा सुरुआतबाटै अग्रता लिँदै हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । ७–१२ को अवस्थालाई उल्टाउँदै १२–१३ को अवस्थामा पुर्‍याए पनि अन्तिम समयमा अङ्क जोगाउन नसक्दा एपिएफले हार बेहोर्नुपर्‍यो ।

हेल्प नेपालले अब लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । उक्त खेलमा जित निकाल्ने टोलीले एलिमिनेटर खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि भएको खेलमा महिलातर्फ एपिएफ क्लबले आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button