गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
साथै उहाँहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षा बलबिचको सहकार्य एवं समन्वय, कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माण लगायत विषयमा पनि छलफल गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्