तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा ११ हजार भन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने

डोटी । डोटीमा करिब साढे ११ हजार किशोरीहरूलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । जिल्लाका करिब ११ हजार ४८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले यही माघ २२ गतेदेखि फागुन २८ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई उक्त खोप लगाइने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button