हावाहुरीले उडायो गुम्बा
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा स्थित २१ तारा गुम्बाको छानो हावाहुरीले उडाएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजेको समयमा टिनको छानो भएको गुम्बाको छानो हावाहुरीले उडाएको हो ।
इलाका प्रहरी कार्यालय थाम्बुचेबाट शनिबार बिहान गएको प्रहरी टोलीले भत्किएको सामाग्रीको व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्