तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा खजुरामा रहेको बहुउद्देश्यीय सभाहल र स्मारक उद्घाटन 

बाँके । बाँकेको खजुरा गाउँपालिकामा निर्माण भएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभा हलको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको छ। 

करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण भएको यो सभा हलको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री  प्रचण्डले यो संरचनाले खजुराको विकास र समृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो सभाहल २०७६ जेठ २१ मा अमर कन्स्ट्रक्सन प्राली, कालीमाटीसँग सम्झौता गरी निर्माण सुरु गरिएको थियो । लागत अनुमान छ करोड ४२ लाख ८९ हजार ७९० रुपैयाँ रहेकोमा चार करोड ८५ लाख ६१ हजार ५६१ रुपैयाँमा सम्झौता भई निर्माण सम्पन्न भएको हो । यो भवन तीन हजार ९९९ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री  प्रचण्डले खजुरा–३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको पनि उद्घाटन गर्नुभएको छ। खजुरा गाउँपालिकाको २९ लाख १० हजार रुपैयाँ र स्थानीय जनश्रमदानबाट १९ लाख ५४ हजार ९०६ रुपैयाँ गरी करिब ५० लाख रुपैयाँ लागतमा निर्माण भएको यो स्मारकले स्थानीय सहिदहरूको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button