डडेल्धुरा अस्पतालले हेमोडायलासिस सेवा नियमित गर्ने
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै एक मात्र सङ्घीय अस्पताल डडेल्धुरा अस्पतालले हेमोडायलासिस सेवा नियमित गर्ने जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले १ महिना पहिले परिक्षण गरिएकोमा अबदेखि नियमित हुने बताउनुभयो । उहाँले विशेषज्ञ सेवाका रुपमा हेमोडायलासिस सेवा सुचारु गरिएको जानकारी दिनुभयो ।
विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० बमोजिम मृगौला रोगका बिरामीहरूको लागि हेमोडायलासिस सेवा नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पतालका निमित्त मेसु डा.नरेन्द्र कुमार खनालले जिल्ला भित्रका र सुदूरपश्चिमका पहाडी जिल्ला गरी हालसम्म ४२ जना बिरामी सम्पर्कमा रहेको बताउनुभयो ।
डडेल्धुरा अस्पतालमा हेमोडायलासिस सेवा नहुँदा बिरामीहरूले कैलालीको सेती प्रादेशिक अस्पताल लगायत अन्य ठाउँमा गएर सेवा लिनुपरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्