हावाहुरीले उडायो बास
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ जोर बौद्धमा हावाहुरीले घरको छानो उडाएको छ ।
मङ्गलवार दिउसो करिब १२ बजे स्थानीय पासाङ शेर्पाको ढुङ्गा माटोले बनेको टिनको छानो भएको एक तले घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
लगातार चलेको हावा हुरीको कारण उक्त घरको छानो उडाएर पूर्ण रुपमा भत्काएको हो । घटनास्थलमा प्रहरी टोलीले सामान व्यवस्थापन गरेको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ । घटनाबाट एक परिवारको बिचल्ली भएको छ ।
प्रतिक्रिया राख्नुहोस्