तपाईँ सुन्दै हुनुहुन्छः

१० औँ राष्ट्रिय खेलकुद : अर्थपूर्ण सहभागिताको तयारीमा मधेश प्रदेश सरकार

जनकपुरधाम । मधेश प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १० औँ राष्ट्रिय प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलका विषयमा प्रदेश सरकारले छलफल एवं तयारी शुरु गरेको छ ।

oplus_2

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आज जनकपुरधाममा प्रदेश भरिका खेलाडी, प्रशिक्षक तथा खेलका अगुवाहरूसँग तयारी गर्नुपर्ने विषयमा छलफल गरेको हो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले निकट भविष्यमा हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको अर्थपूर्ण सहभागिता र अगामी ११ औँ खेलकुदको तयारीका विषयमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

अध्यक्षको आसनबाट मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँलले मधेश प्रदेश सरकारले प्रदेशमा खेलकुदको वातावरण निर्माण गर्न तथा खेलाडीको मनोबल बढाउनका लागि दृढतापूर्वक अगाडी बढेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button