विपद जोखिम न्यूनीकरणका लागि काम गर्छौं : गृहमन्त्री लेखक
उदयपुर । गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताउनुभएको छ ।
मङ्गलवार उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित सप्तकोशी नदी कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय देशभर विपद्ले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै सरकारले आगामी वर्षा अगाडी नै ज्योखिमयुक्त क्षेत्रको पहिचान गरि जोखिम न्यूनीकरणका लागि काम गर्ने बताउनुभयो ।
वर्षौंदेखि सप्तकोशी नदीबाट बाढी र डुबानको समस्या भोग्दै आएका स्थानीयको पीडालाई सम्बोधन गर्न स्थलगत अवलोकनमा पुग्नुभएका मन्त्री लेखकले सप्तकोशीले पुर्याएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले तत्काल उचित कदम चाल्ने बताउनुभयो ।
विपद प्राधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, सिडिई सुदिप भट्ट, कोशी बक्राहाका कार्यालय प्रमुख रन्जन राज भट्टराई, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद डा. नारायण खड्काको टोलीसहित सप्तकोशी नदी कटानको स्थलगत अवलोकनमा पुग्नु भएका गृहमन्त्री लेखकले सप्तकोशी नदीको समस्यालाई समाधान गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै जोखिम न्यूनीकरणका लागि ठोस कदम चालिने बताउनुभयो ।
बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले सप्तकोशी नदी नियन्त्रणको दीर्घकालीन खाका बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्