तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग समिति बैठक: साना व्यापारीलाई प्रोत्साहन गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भइरहेको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिका सदस्यहरूबिच सहमति जुटेको छ । 

समितिको आज बसेको बैठकमा समितिका सांसदहरु रमेश रिजाल, डोलप्रसाद अर्याल, रमा कोइराला र हेमराज राईलगायतले विद्युतीय माध्यमबाट व्यापार गर्दा क्रेताको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले विक्रेताको दायित्व क्रेतालाई हानी नहुने खालको बनाउनुपर्नेमा जोड दिँदै सांसदहरुले साना तथा मझौला उद्योगीलाई पनि विधेयकले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

अनलाइन माध्यमबाट अर्डर गरिएको सामान भनेजस्तो नपाए फिर्ता गर्ने व्यवस्थालाई कानूनी रूपमै सुनिश्चित गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

समितिका सभापति अब्दुल खाँनले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिमा सहमति जुटेकाले मन्त्रालयसँग पुन एकपटक छलफल गरेर समितिबाट पारित गरिने जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button