राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धन: नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताउनुभएको छ । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।” अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उहाँको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताउनुभयो । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्