तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत  गरिएको छ । 

आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सार संक्षेप प्रस्तुत गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button