गुल्मीमा एक जना पुरुष मृत फेला
गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताउनुभयो ।

रोका मङ्गलवार बिहान घर नजिकै आफ्नै बारीको गरा (सिरान) मा घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी खटिएको छ ।
घटना शङ्कास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी राजन भुजेलको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्